२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको हो । सेन्टरको सदस्यमा महेन्द्र के.सी. सुनिता लम्साल, यशोधरा दुरा र मन्जु मौराली रहनु भएको छ ।

पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति (भिसी) प्रा.डा.बिष्णुराज तिवारीले अधिवेशनको उद्घाटन गर्दै सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई कार्यरत बनाउनु भएका यस क्षेत्रका १९ जना शेयर सदस्य रहनु भएको सेन्टरमा हालसम्म दुई करोड रुपैया लगानी भएको शेयर सदस्य नेत्र ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. लक्ष्मण बास्तोाल, नारायण बराल, कुष्ण बास्तोला,सुरेश थापा, सुदिप गौतम लगायतले सेन्टरले सहकारी लगायत समाजका गरिव एवम् विपन्न परिवारका लागि न्यूनतम शुल्कमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।