काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म चिसो मान्छे ३० गते प्रदर्शनमा आउने भएको छ ।
निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।
शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायाँकन दीपेन्द्र के. खनाल आफैंले गरेका छन् ।