१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधन विधेयक सर्वसम्मतिले पारित



अ+ अ-

‘काठमाडौं । केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७८’ माथिको दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव आज सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ बमोजिम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लीलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

प्रदेशसभाको आजको बैठकमा विशेष समयमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले व्यवस्थापिकाको अभिभावका रुपमा रहेको सभामुखले कानून र संविधान मिच्न नहुने बताउनुभयो । 

उहाँले सरकारले संविधान र कानून पालनातर्फ अग्रसरता नदेखाएकाले सभामुखले रुलिङ गर्नुपर्ने कुरामा जोड दिँदै राजनीतिक दल विभाजन भइसकेपछि ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने धारणा राख्नुभयो । नेता राईले सभामुखले सर्वदलीय बैठक बोलाउनुपर्ने र संविधानको धारा सरकारले मिचिरहेको जगजाहेर गर्नुपर्ने कार्य नभइरहेकाले सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारले संविधानले दिएको बाटो हिँड्न नचाहेर अदालत जानु भन्नु गलत भएको बताउनुभयो । उहाँले दलहरु विभाजन भएको अवस्थामा प्रदेश नं २ का मुख्यमन्त्रीले विश्वासको मत लिएकातर्फ ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले नैतिकता देखाउनुपर्ने सुझाव दिनुभयो । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने छ ।