हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेकी छिन् ।
उक्त प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरेपछि मुख्यमन्त्री शाक्यको पदको छिनोफानो दशैंपछि मात्र लाग्ने भएको हो ।