२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देहीका दुई वडामा १८ घन्टादेखि कर्फ्यू



अ+ अ-

बुटवल । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो।

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु ५० जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन्।

मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको उनले बताए। औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।

हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ।

अहिले स्थिति सामान्य रहे पनि हटाइएका व्यक्तिहरू पुनस् आउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।