पोखरा । नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । विश्वकर्माले विनाविभागीय मन्त्रीको रूपमा आज साँझ ५ बजे शपथ लिने स्रोतले जानकारी दिएको छ ।
कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो ।
देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा गएका थिए । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ ।
संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।