१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह रोक्न प्रोत्साहन भत्ता



अ+ अ-

चितवन । चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गर्नुभएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो । 

उहाँले भन्नुभयो, “२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।” उहाँका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उहाँ बताउनुहुन्छ । 

केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउनुहुन्छ । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् । बीचमानै पढाइ नछोड्नु र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो । 

सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ । 

छात्रबासमानै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।”