१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो । 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ भने
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ । जसकारण अहिलेसम्म संसद् राम्ररी सञ्चालन हुन सकेको छैन । एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ । 

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ ।