१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
 
यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो ।
 
त्यसैगरी गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ ।
 
यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।