१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात



अ+ अ-

काठमाडौं । अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।

अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।
 
तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए ।