काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाएको छ।
सोमबार एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको आरोप लगाए।
‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’