१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो



अ+ अ-

रसुवा । दसैंमा फलफूको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर  स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलपूmलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

चाडपर्वमा फलपूmलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ । आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिनुभयो ।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो  चिनियाँ  कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।