१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो काममा दलिय छायाँपर्न  नदिएको बताउनु भएको छ । न्युज २४ टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिदै राष्ट्रपति भण्डारीले भन्नुभयो ‘बाहिर आ–आफनो दृष्टिकोण अनुसार व्याख्या हुने गरेको छ तर मैले आफनो अधिकारको क्षेत्रभित्र रहेर मात्रै काम गर्ने गरेको छु ।’

उहाँले  राष्ट्रपतिको अधिकार के हो ? त्यसमा रहेर व्याख्या गर्नुपर्ने भएपनि कुन बेला कुनलाई के असर पर्छ त्यसमा रहेर कुरा गर्नु गलत हो ।  राष्ट्रपति भण्डारीले भन्नुभयो,‘मैले संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु ।’ 

राष्ट्रपति भण्डारीले आफु राजनीतिक जीवनमा सक्रिय रहदा आफुले भोगेका कुरा अरुले भोग्न नपरोस भनेर महिला सहभागिता बृद्धिमा लागेको अनुभब सुनाउनु भयो । अहिले स्थानिय तहमा देखिएको महिला सहभागिता प्रसंसनीय रहेपनि मानसिक रुपमा त्यो ढंगको तयार अझै भईनसकेको उहाँले बताउनुभयो ।

‘महिलामा क्षमता भएर पनि अविश्वास अझै छ, भौतिक रुपमा महिलालाई स्वीकार गरेपनि मनोवैज्ञानिक रुपमा स्वीकार गर्न अझै समय लाग्छ ।’ महिलाले आफुले पाएको जिम्मेवारीमा विश्वास दिलाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।