२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो काममा दलिय छायाँपर्न  नदिएको बताउनु भएको छ । न्युज २४ टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिदै राष्ट्रपति भण्डारीले भन्नुभयो ‘बाहिर आ–आफनो दृष्टिकोण अनुसार व्याख्या हुने गरेको छ तर मैले आफनो अधिकारको क्षेत्रभित्र रहेर मात्रै काम गर्ने गरेको छु ।’

उहाँले  राष्ट्रपतिको अधिकार के हो ? त्यसमा रहेर व्याख्या गर्नुपर्ने भएपनि कुन बेला कुनलाई के असर पर्छ त्यसमा रहेर कुरा गर्नु गलत हो ।  राष्ट्रपति भण्डारीले भन्नुभयो,‘मैले संविधानले जे बोलेको छ त्यो मात्रै गरेको छु ।’ 

राष्ट्रपति भण्डारीले आफु राजनीतिक जीवनमा सक्रिय रहदा आफुले भोगेका कुरा अरुले भोग्न नपरोस भनेर महिला सहभागिता बृद्धिमा लागेको अनुभब सुनाउनु भयो । अहिले स्थानिय तहमा देखिएको महिला सहभागिता प्रसंसनीय रहेपनि मानसिक रुपमा त्यो ढंगको तयार अझै भईनसकेको उहाँले बताउनुभयो ।

‘महिलामा क्षमता भएर पनि अविश्वास अझै छ, भौतिक रुपमा महिलालाई स्वीकार गरेपनि मनोवैज्ञानिक रुपमा स्वीकार गर्न अझै समय लाग्छ ।’ महिलाले आफुले पाएको जिम्मेवारीमा विश्वास दिलाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।