१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडादशैंको अवसरमा एमाले अध्यक्ष ओलीको शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीको महान पर्व विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले विज्ञप्ती जारी गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा बडादशैंको शुभकामना व्यक्त गर्नुभएको हो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न सबैमा आग्रह समेत गर्नुभएको छ । 
उहाँले भन्नुभएको छ,

शुभकामना

नेपालीहरुको महान् चाड, बडादशैंको अवसरमा सर्वप्रथम म, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

बडादशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा रहेका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडपर्वहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका हुन् । सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनका महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रवन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले अत्यन्तै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् । 

यी चाडपर्वहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रवन्धका आधार पनि हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रवन्धहरुका आधारमा विकसित भएका छन् । त्यसैले यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता पर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पनि पूरा गर्नु छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । 
बडादशैंलाई विभिन्न वर्षमा हामीले फरक फरक प्रतिकूलता बीच मनाउँदै आएका छौं । महाविनाशकारी भुइँचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसरे भए पनि यो परम्परा धान्यौं । पारिवारिक मिलनको चाडका रुपमा वर्षमा एक चोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक 

यस्ता महान पर्वहरु मनायौं । वितेको वर्षयता हामीले कोभिड–१९ महामारीका बीच बडादशैं मनाइरहेका छौँ । विश्वव्यापी कोभिड–१९ को यस महामारीलाई हामीले अधिक हदसम्म नियन्त्रण गरेका छौँ । हाम्रो अथक प्रयासका वाबजूद यसको जोखिम अझै समाप्त भइसकेको छैन । कोभिड–१९ को संक्रमण विस्तारबाट बच्न अझै हामीले भौतिक घुलमिलमा सजगता अपनाउनु पर्ने छ । यसर्थ बडादशैंको उत्सवमा सहभागि हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुशरण गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आग्रह गर्दछु ।    

अन्त्यमा, परिवार र आफन्तजनहरुसँगको आत्मीय मिलनका रुपमा मनाईने यस महान् चाड बडादशैं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुका लागि उल्लासपूर्ण बनोस् । 
बडादशैं २०७८ को हार्दिक शुभकामना !

धन्यवाद ।