मुगु । मुगुमा बस दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २२ जनाको मृत्यु भएको जानकारी दिए।
‘बस क्षतविक्षप्त अवस्थामा रहेको उनले बताए । मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा ३९ जना सवार थिए। घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको बताइएको छ ।
अहिले घाइतेको उद्दार भइरहेको छ भने हेलिकप्टर बोलाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।