१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु बस दुर्घटनाः २२ जनाको मृत्यु, दर्जनौं घाइते



अ+ अ-

मुगु । मुगुमा बस दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २२ जनाको मृत्यु भएको जानकारी दिए। 

‘बस क्षतविक्षप्त अवस्थामा रहेको उनले बताए । मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा ३९ जना सवार थिए। घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको बताइएको छ । 

अहिले घाइतेको उद्दार भइरहेको छ भने हेलिकप्टर बोलाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।