मुगु । मुगुमा बस दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
मुगु बस दुर्घटनाः २२ जनाको मृत्यु, दर्जनौं घाइते
‘बस क्षतविक्षप्त अवस्थामा रहेको उहाँले बताउनु भयो । मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा ३९ जना सवार थिए। घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको बताइएको छ । अहिले घाइतेको उद्दार भइरहेको छ भने हेलिकप्टर बोलाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।