काठमाडौँ । दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो ।
टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्च पदस्थको सहभागिता थियो ।
तस्बिरः रत्न श्रेष्ठ/रासस