काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ ।
बुधबार साँझ भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
खेलको नवौं मिनेटमा सुमोन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पायो । जसलाई अञ्जन विस्टले खेर जान दिएनन् ।
खेलको ७९ औं मिनेटमा बंगलादेशका रेहमान जिकोले रातो कार्ड खाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।