२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ । 

बुधबार साँझ भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । 
 
खेलको नवौं मिनेटमा सुमोन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा नेपालले पेनाल्टी पायो । जसलाई अञ्जन विस्टले खेर जान दिएनन् । 

खेलको ७९ औं मिनेटमा बंगलादेशका रेहमान जिकोले रातो कार्ड खाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।