१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताईरिले भने ‘अब नेपाल फर्कने छैन’



अ+ अ-

 काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल नफर्कने जानकारी गराउनु भएको छ ।  

नेपाललाई पहिलो पटक साफ गेममा ऐतिहासिक सफलता दिलाएका अलमुताईरि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा भने ‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ ।

उनले साफपछि राजीनामा दिएको समेत जानकारी गराए । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए तर एन्फा पदाधिकारीहरु संगको बिवादका कारण उनले यस अघि पनि राजीनामा दिएको जनाएका थिए  । फेरी एन्फाको आग्रह पछि नै कामलाई निरन्तरता दिएका थिए ।