२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चको आदेशपछि अधिकारकर्मी रुवी खान रिहा



अ+ अ-

काठमाडौं ।सर्वोच्च अदालतको आदेश पछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ  । गत शुक्रबार  प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो  । बाँकेमा २ महिला हत्या को विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौं सम्म  पैदल आएकी खान सहितको टोलीलाई  माइतीघर मण्डलाबाट प्रहरीले  पक्राउ गरेको थियो ।तर अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन ।  प्रहरीले खानको पुरानो मुद्दामा पक्राउ गरेको जनाउदै आएको थियो ।