२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी



अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८ः १९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ ।

देवी बिजर्सजनका लागि बिहान ८ः १९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी बिसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी बिसर्जन गरिएको छ ।
 
विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।