४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने समूह पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका ८ जनाको समूहलाई पक्राउ गरेको छ । फागुन १२ गते साँझ साढे सात बजेको समयमा काठमाडौंको नयाँबजारस्थित समृध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई 'हामी प्रहरी हौं, तपाईको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं' भनी पसल सञ्चालकलाई नियन्त्रणमा लिई सो लुटेरा समूहले लुटपाट गरेका थिए । 

लुटेराको उक्त समूहले पसलको काउन्टरमा भएको नगद, सामसुङ एस २० प्लस मोबाइल, घडी, बैक खाता तथा ई–सेवाबाट पठाएको ६५ हजार नगद लुटपाट गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । लुटेराहरुलाई चोरी गरेर लगेका सामानसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा जुम्ला स्थायी ठेगाना भएका २६ वर्षीय देबि प्रसाद धिताल, धादिङ स्थायी ठेगाना भएका ३० वर्षीय शंकर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुबास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय लिम्बु भनिने भविन्द्र बेगा, दैलेखका २७ वर्षीय जिवन भनिने योगेन्द्र बहादुर चन्द, प्युठानका २१ वर्षीय संगित थापा भन्ने कमल सुनार रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।