१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा सांसद डेभिड एमिसको छुरा हानेर हत्या



अ+ अ-

लन्डनः बेलायतमा एक सांसदको एसेक्सस्थित लि अन सी चर्चमा छुरा प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीले छुरा प्रहारको आशंकामा एक २५ वर्षीय युवकलाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार, हत्या गरिएका सांसद सर डेभिड एमिस रहेका छन् । ६९ वर्षीय उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा भाग लिइरहेको अवस्थामा युवकले कम्तीमा चार पटक छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

डेभिडको हत्याप्रति बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेतका नेताहरुले दुःख व्यक्त गर्दै देशले एक असल व्यक्ति गुमाएको बताएका छन् ।
पाँच बालबच्चाका पिता डेभिड सन् १९८३ देखि बेलायती संसदको सदस्य रहँदै आएका थिए ।

बेलायतमा पाँच वर्षभित्र बहालबाला सांसदको हत्या भएको यो दोस्रो घटना हो । यसअघि सन् २०१६ मा लेबर पार्टीका सांसद जो कोक्सको हत्या भएको थियो । एपी