२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा सांसद डेभिड एमिसको छुरा हानेर हत्या



अ+ अ-

लन्डनः बेलायतमा एक सांसदको एसेक्सस्थित लि अन सी चर्चमा छुरा प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीले छुरा प्रहारको आशंकामा एक २५ वर्षीय युवकलाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार, हत्या गरिएका सांसद सर डेभिड एमिस रहेका छन् । ६९ वर्षीय उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा भाग लिइरहेको अवस्थामा युवकले कम्तीमा चार पटक छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

डेभिडको हत्याप्रति बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेतका नेताहरुले दुःख व्यक्त गर्दै देशले एक असल व्यक्ति गुमाएको बताएका छन् ।
पाँच बालबच्चाका पिता डेभिड सन् १९८३ देखि बेलायती संसदको सदस्य रहँदै आएका थिए ।

बेलायतमा पाँच वर्षभित्र बहालबाला सांसदको हत्या भएको यो दोस्रो घटना हो । यसअघि सन् २०१६ मा लेबर पार्टीका सांसद जो कोक्सको हत्या भएको थियो । एपी