१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन, तर लोप हुँदैछ पिङ



अ+ अ-

तनहुँ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । 

विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे । तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ । आजभोलि ग्रामीण भेगमा पनि निकै कमै मात्र पिङ देख्न सकिन्छ । 

पहिला पहिला दसैँ आउनु अगावै पिङ हालेर रमाइलो हुने भएपनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताउनुभयो । “दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त पिङ पनि देख्न छाडियो ।”

भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिएपनि आजभोलि फाट्टफुट्ट मात्रै पिङ देखिने उहाँले बताउनुभयो । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । 

यस वर्ष भने दसैँमा गाउँघरमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो । “यो वर्ष खोप लगाएको हुनाले शहर सुनसान, गाउँ रमाइलो भएको छ”, उहाँले भन्नुभयो, “दसैँ मान्न शहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ ।”

व्यास नगरपालिकाले विगत दुई वर्षमा खुल्लामैदानमा रोटे पिङ हालेको थियो । गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन । रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा उक्त पिङ हालेको थियो । तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन । 

केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन् । बन्दिपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिनुभयो । “दसैँमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौ”, प्रधानले भन्नुभयो । 

व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गर्नुएको छ । पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उहाँल जानकारी दिनुभयो । “आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हूँ”, उहाँले भन्नुभयो । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ । नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी प्रेमकुमार श्रेष्ठले बताउनुभयो । 

कैदीबन्दी–कैदीबन्दीबीच दसैँको टीका

तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टीका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले आज कारागारभित्रै दसैंको टीका लगाएका हुन् । 

कोरोना जोखिमका कारण आफन्तको हातबाट टीका लगाउने व्यवस्था नगरिएपनि कैदीबन्दीले आ–आफैँ टीका लगाएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्ने प्रबन्ध गरिएपनि यो वर्ष आफन्तको हातबाट टीका लगाउन भने रोक लगाइएको उहाँले जानकारी दिनुभयो । 

“कोरोना कहरका आफन्तलाई टाढैबाट भेट्ने व्यवस्था मिलाएका छौँ, तर टीका लगाउन दिन सक्ने अवस्था भएन”, उहाँले भन्नुभयो, “कैदीबन्दीले आफैँ ठूलाबडाका हातबाट टीका लगाएका छन् ।” कारागारमा हाल २७९ कैदीबन्दी छन् । रासस