१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलेजुको वाहन सेतो घोडाको जात्रा भक्तपुरमा सम्पन्न



अ+ अ-

भक्तपुरः धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ ।

जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ ।
    
घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोकका साथै माथिल्लो दरबारक्षेत्रको खिछें, चोछें, भोलाछें, थालाछें, गोलमढी, सुकुलढोका र टौमढी घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ ।

जात्रामा दरबार स्क्वायरमा रहेको पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने गरिन्छ ।

पायःद्यो (खड्ग जात्रा) सम्पन्न

भक्तपुरको तलेजुमा बडादसैँको मध्यरातमा मनाइने पायःद्यो (खड्ग) जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्रुप मानिने पायःद्योलाई रातो कपडाले बेराएर युद्ध कवच पहि¥याएर  जात्रा मनाइने गरिन्छ ।

बडादसैँको राति तलेजुको आँगनको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र, शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजु र पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ । जात्रामा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पु¥याएपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिइन्छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा आयोजना गरिन्छ