१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ फाइनलः प्रशिक्षक अल्मुताइरीलाई ‘टेक्निकल एरिया’ मा प्रतिबन्ध



अ+ अ-

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा प्रतिबन्ध लगाइएको छ । 

उनलाई ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाही गरेपछि प्रशिक्षक अल्मुताइरीले यसको विरोध जनाएका छन् । 

प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताएका हुन् ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर निर्णय गरिएको हो । 

उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा आपत्ति जनाउँदै भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’ नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको समेत आरोप लगाए । 

यस्तै फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’ मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच आज (शनिबार) राति ८ः४५ बजे खेल हुँदैछ ।