१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरसामु म्यान्चेस्टर युनाइटेड निरिह, रोनाल्डोको केही लागेन



अ+ अ-

क्रिस्टियानो रोनाल्डो सहभागी रहेको म्यान्चेस्टर युनाइटेड लेस्टर सिटी बिरुद्ध यति निरिह होला भन्ने कसैले अनुमान गरेको थिएन । तर भयो त्यस्तै । म्यान्चेस्टर युनाइटेडलाई शनिबार साँझ भएको खेलमा लेस्टर सिटीले आफ्नो गृह मैदान किङ पावर स्टेडियममा ४ – २ गोल अन्तरले पराजित गरेको छ ।  

इङलिस प्रिमियर लिगमा यस पटक राम्रो नतिजा ल्याउने उद्देश्य साथ युभेन्टसबाट भित्र्याइएका विश्व प्रसिद्ध स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पूरै समय मैदानमा बिताए पनि गोल गर्न सकेनन् ।

लेस्टरका लागि योरी टिलीमान, काग्लार सोयुन्कु, जेमी भार्डी र प्याट्सन डाकाले गोल गरेका थिए ।

म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल १९ औं मिनेटमा म्यासन ग्रिनउडले गरेका थिए भने ८२ औं मिनेटमा मार्कस रास्फोर्डले दाेस्राे गोल गरेका थिए ।

तर लेस्टरका लागि ८३ औं मिनेटमा जेमी भार्डी र ९१ औं मिनेटमा प्याट्सन डाकाले गोल गरेर म्यान्चेस्टर युनाइटेडलाई हिस्स पारेका थिए ।

यो हारसँगै म्यान्चेस्टर युनाइटेड आठ खेलबाट १४ अंक सहित लिगको पाँचौं स्थानमा रहेको छ भने लेस्टर ११ औं स्थानमा उक्लेको छ ।