१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरसामु म्यान्चेस्टर युनाइटेड निरिह, रोनाल्डोको केही लागेन



अ+ अ-

क्रिस्टियानो रोनाल्डो सहभागी रहेको म्यान्चेस्टर युनाइटेड लेस्टर सिटी बिरुद्ध यति निरिह होला भन्ने कसैले अनुमान गरेको थिएन । तर भयो त्यस्तै । म्यान्चेस्टर युनाइटेडलाई शनिबार साँझ भएको खेलमा लेस्टर सिटीले आफ्नो गृह मैदान किङ पावर स्टेडियममा ४ – २ गोल अन्तरले पराजित गरेको छ ।  

इङलिस प्रिमियर लिगमा यस पटक राम्रो नतिजा ल्याउने उद्देश्य साथ युभेन्टसबाट भित्र्याइएका विश्व प्रसिद्ध स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पूरै समय मैदानमा बिताए पनि गोल गर्न सकेनन् ।

लेस्टरका लागि योरी टिलीमान, काग्लार सोयुन्कु, जेमी भार्डी र प्याट्सन डाकाले गोल गरेका थिए ।

म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल १९ औं मिनेटमा म्यासन ग्रिनउडले गरेका थिए भने ८२ औं मिनेटमा मार्कस रास्फोर्डले दाेस्राे गोल गरेका थिए ।

तर लेस्टरका लागि ८३ औं मिनेटमा जेमी भार्डी र ९१ औं मिनेटमा प्याट्सन डाकाले गोल गरेर म्यान्चेस्टर युनाइटेडलाई हिस्स पारेका थिए ।

यो हारसँगै म्यान्चेस्टर युनाइटेड आठ खेलबाट १४ अंक सहित लिगको पाँचौं स्थानमा रहेको छ भने लेस्टर ११ औं स्थानमा उक्लेको छ ।