२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ११ जना विद्यार्थीको नदीमा डुबेर मृत्यु



अ+ अ-

जकार्ताः इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा एउटा नदी सफा गर्ने क्रममा एक विद्यालयका ११ जना विद्यार्थीहरुको डुबेर मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार अरु १० जना विद्यार्थीलाई भने जीवितै उद्धार गरिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एक इस्लामिक जूनियर हाई स्कूलका १५० विद्यार्थीहरु शुक्रबार सिलिओर नदीको किनारमा सफाईमा भाग लिइरहेका थिए । सफाईमा सहभागी ती विद्यार्थीमध्ये २१ जना नदीमा खसेका थिए ।

बानडुड खोज र उद्धार कार्यालयका प्रमुख डेडेन रिदवंस्याहले मौसम राम्रो रहेको र त्यहाँ बाढी पनि नआएको जानकारी दिए । नदीमा पसेका ती बालबालिकाले एकअर्काका हात समातेको पनि डेडेनले बताए ।

नजिकैका बासिन्दा र एक उद्धार टोलीले १० जना विद्यार्थीहरुलाई बचाउन सफल भएका थिए ।  उनीहरुलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको थियो । एपी