१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ११ जना विद्यार्थीको नदीमा डुबेर मृत्यु



अ+ अ-

जकार्ताः इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा एउटा नदी सफा गर्ने क्रममा एक विद्यालयका ११ जना विद्यार्थीहरुको डुबेर मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार अरु १० जना विद्यार्थीलाई भने जीवितै उद्धार गरिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एक इस्लामिक जूनियर हाई स्कूलका १५० विद्यार्थीहरु शुक्रबार सिलिओर नदीको किनारमा सफाईमा भाग लिइरहेका थिए । सफाईमा सहभागी ती विद्यार्थीमध्ये २१ जना नदीमा खसेका थिए ।

बानडुड खोज र उद्धार कार्यालयका प्रमुख डेडेन रिदवंस्याहले मौसम राम्रो रहेको र त्यहाँ बाढी पनि नआएको जानकारी दिए । नदीमा पसेका ती बालबालिकाले एकअर्काका हात समातेको पनि डेडेनले बताए ।

नजिकैका बासिन्दा र एक उद्धार टोलीले १० जना विद्यार्थीहरुलाई बचाउन सफल भएका थिए ।  उनीहरुलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको थियो । एपी