१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

जलेश्वर । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएको साहको शव आज बिहान ११ बजे फेला पारिएको हो । जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट बिसर्जन गर्ने परम्परा छ । सोही परम्परा अनुसार शनिबार साँझ मूर्ति बिसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो ।
    
मूर्ति बिसर्जन गर्ने बेलामा पानी भित्र गरुङ्गो मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । युवक साह मूति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले  खोजतलाश गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताउनुभयो ।
    
शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी भइरहको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।