१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले महाधिवेशन: वडा र स्थानीय तहमा रहेको पदाधिकारीको संख्या तय



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको आगामी कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडामा अधिवेशन हुदैछ । यसै गरी कात्तिक ९ गते ७५३ स्थानीय तहमा पनि अधिवेशन हुँदैछ । 

ललितपुरको गोदाबरीमा रहेको सुर्योदय सम्मेलन केन्द्रका तीन दिनसम्म भएको विधान अधिवेशनले पारित गरेको सागठनिक संरचनाको पारित प्रस्ताव अनुसार वडा र स्थानीय तह मा चुनिने पदाधिकारी तथा सदस्यहरुको टुङ्गो लागेको छ  ।

नयाँ संरचना अनुसार  वडा र स्थानीय तहका पदाधिकारी ५ जना रहने र जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपसचिव निर्वाचित हुनेछन् । त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको बढीमा  ३१ सदस्यीय रहने छन् भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुने व्यवस्था बिधानमा गरिएको छ ।

यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुने  व्यवस्था  बिधानले गरेको भने उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने छ  I

पदाधिकारी

     अध्यक्ष -१, उपाध्यक्ष-१, सचिव- १ र उपसचिव -२ 

वडा कमिटीमा निर्धारित सदस्य संख्या –

     गाउँपालिका/नगरपालिका-३१

     उपमहानगरपालिका-४१

     महानगरपालिका -५१

पालिका कमिटीकाे निर्धारित सदस्य संख्या-

    गाउँ/ नगरपालिका – ७५

    उपमहानगरपालिका – ८५

    महानगरपालिका – १०१

विधान सम्मेलनमा पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले पार्टीको संगठनात्मक संरचनाको नयाँ स्वरुप बारेको प्रस्ताव पेश गर्नुभएको थियो ।

एमालेले प्रविधिको प्रयोग गर्दै वडा र स्थानीय तहका अधिकतम अधिवेशन स्थललाई जुममा जोडेर अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी गरेको छ ।