१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत (भिडियो र फोटो फिचर)



अ+ अ-

काठमाडौं ।  माल्दिभ्समा सम्पन्न १३औं संस्कणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरे । 

माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल स्वदेश फर्किएको हो । पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास बनाएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । विमानस्थालमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारी बाहेक  फुटबल समर्थकहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।

पाँच देशले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । जसमा नेपालले लिग चरणका चार खेल मध्ये दुई खेलमा जित निकाल्दा एक खेल भारतसँग पराजित भएको थियो भने एक बंगलादेशसँग बराबरी खेल्दै फाइनल प्रवेश गरेर इतिहास बनाएको थियो ।

विमानस्थलामा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताए । अहिले टोलीमा युवा जोश भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको कप्तान किरणले बताए ।

शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चिक्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।