१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोट खेल्न नेपाली टोली मंगलबार ताजकिस्तान जाँदै



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली भोलि ताजकिस्तान प्रस्थान गर्दैछ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ । 

उज्वेकिस्तानमा सन २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । फिफा वरियतामा नेपाल भन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ ।

टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन् । यसै कारण प्रशिक्षक बाल गोपाल महर्जनले छोटो तयारीका बापजुत पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए ।

 

प्रशिक्षक बालगोपल महर्जनले भने जस्तै नेपाली टोलीका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरुद्ध राम्रो नजिताका लागि खेल्ने प्रतिक्रिया दिए । यस्तै युवा स्ट्राइकर अभिसेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए ।

छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ ।