१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले धानबालीमा ठूलो क्षति, किसानहरू विलखबन्दमा



अ+ अ-

गएरातिदेखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धान भिजेर क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशका किसान चिन्तित भएका छन् । चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलपुर भएपछि किसानलाई केही दिनदेखि धान काटेर भित्र्याउने चटारो थियो ।

दुई दिनअघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पुर्याएको कैलालीको गोदावरी नगरपालिकाका किसान भक्तराज ओझाले राससलाइ बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गएराति परेको पानीले खेतमा सुकाएको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपियो ।”

सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा चाडपर्वको समयमा पनि खेतमा पाकेर झुलिसकेको धान बाली भित्र्याउनमा केही दिनदेखि किसान व्यस्त थिए ।खेतमा पानी जमेपछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

 ‘‘यसपालि विगतको भन्दा पाँच देखि सात प्रतिशत धान उत्पादन वृद्धि हुने अनुमान थियो,’’ उहाँले भन्नुभयो,  ‘‘आइतबार दिउँसोसम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पुर्यायो ।’’

क्षतिको एकिन विवरण आउन भने समय लाग्ने बताइएको छ । थोरै जग्गा भएका किसानले केही दिन अघि नै बाली भित्र्याइसकेको भएपनि बढी जग्गामा खेती गर्नेले बाली भित्र्याइरहेका थिए ।    किसानको मुख्य आम्दानी स्रोतका रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको छ । सबै भन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

यस्तै पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा यो खेती हुने गरेको छ ।

यस वर्ष बालीका लागि अनुकूल वर्षा भएकोले धान उत्पादन वृद्धि हुने आँकलन गरिएको थियो । यद्यपी धानबालीमा प्रयोग गर्नुपर्ने रसायनिक मलको अभावका साथै कतिपय क्षेत्रमा फड्के र गबारो किराको समस्या देखिएको थियो ।

वर्षाले म्याग्दीमा पनि पाकेको धान बाली नष्ट

वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो रु”, जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।  पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिनुभयो ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका र दसैंका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताउनुभयो । “सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो”, बेनी –१ को अर्जमबाट देवी थापाले भन्नुभयो, “गाडी चल्न सक्ने अवस्था नै छैन ।”

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ । उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले बताएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै  प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उहाँले बताउनुभयो । साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ ।

पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताउनुभयो ।

वर्षाले कुन कुन क्षेत्रमा गर्दैछ क्षति ?

नेपालबाट मनसुनी वर्षा बाहिरिएको यसअघि भनिए पनि एक सातादेखि नेपालका अधिकांश क्षेत्रमा प्रचण्ड घाम लागेको थियो । यसबाट धान थन्क्याउन किसानलाइ सहज हुने अनुमान गरिएको थियो तर दशैं लगत्तै धान थन्क्याउने सुरसार गरिरहेका किसान विलखबन्दमा परेका छन् ।

हावाहुरी  सहितको वर्षाले पाकेको धान नराम्रोसँग ढालेको छ भने कतिपय ठाउँमा धान नै डुबाएको छ । अन्नको भंडारको रूपमा चिनिएको तराइमा यस वर्षाले बढी नै क्षति पुगेको छ ।

वर्षाले खासगरी तराइ क्षेत्रमा बढी असर पुर्याएको छ । तत्कालै वर्षा नरोकिए किसानलाइ बढी नोक्सानी हुने कृषि विज्ञहरूको भनाइ छ ।