१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाणिज्य बैंकहरुको ब्याजदर बढ्यो, ऋणीहरु पनि चिन्तित



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ ।

पछिल्लो विवरण अनुसार कतिपय बैंकले मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज दिने गरी आकर्षक योजना अघि सारेका छन् । हिमालयन बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंकले अफर गरेको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।

मुद्दती खातामा रकम जम्मा गर्ने ग्राहकलाई १० प्रतिशतभन्दा बढी ब्याजदर घोषणा गरेका बैंकहरुमा बैंक अफ काठमान्डु, सेन्चुरी बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल बंग्लादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक रहेका छन् ।

बैंकहरुले तरलता कायम राख्न र लगानीयोग्य रकम जम्मा गर्न पनि ब्याज बढाएका हुन् । तर यसले बैंकबाट कर्जा लिएका व्यक्तिहरु त्रसित भएका छन् । उनीहरुमा बैंकले ब्याज बढाउने चिन्ता थपिएको छ ।

हेराैं पछिल्लाे ब्याजदर