१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश महर्जनको निधन अपूरणीय क्षतिः विवेकशील साझा



अ+ अ-

काठमाडौं  ।  पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको विवेकशील साझा पार्टीले जनाएको छ । पार्टीको मंगलबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले महर्जनको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।

एक साताअघि कोभिड–१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो।

२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गर्नुभएको थियो।

२०७२ सालको महा–भूकम्पपछि उहाँले पाटनमा नेवाः वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो, जसको चौतर्फी प्रशंसा भएको थियो।

नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो।

महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति भएको भन्दै विवेकशील साझा पार्टीले उहाँको निधनले परेको चोट सहन गर्ने शक्ति मिलोस् भन्ने कामना सहित शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको प्रवक्ता शरदराज पाठकले जनाउनु भएको छ ।