१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता, चीनले २० लाख डोज खोप दिने घोषणा



अ+ अ-

काठमाडौंः परराष्ट्र मन्त्री डा.नारायण खड्का र चीनका विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यी बीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

करिब एक घण्टा भएको यस वार्तामा कोभिड–१९ को भ्याक्सिन सहयोग, व्यापार र वाणिज्य, विकास सहयोग तथा सीमा व्यवस्थापनका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालमा संचालित विभिन्न विकास परियोजनाको प्रगति, कोभिडका कारण नेपाल आइपुगेका चीनमा अध्ययनरत विद्यार्थीलाई चीन पठाउने, तातोपानी–झाङ्मु र रसुवागढी–केरुङको सीमानाकाबाट मलखाद र अन्य सामग्रीका कन्टेनरको संख्या वृद्धि गर्ने तथा नेपाल र चीनबीच हवाई उडान पुनः खोल्ने विषयमा छलफल भएको छ ।

साझा चासो र सरोकारका विषयमा दुबै मुलुकले मिलेर कार्य गर्न सहमति जनाएको बताउँदै परराष्ट्र मन्त्रालयले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप मजबूत गर्ने सहमति भएको जनाएको छ ।

परराष्ट्र मन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपाल कटिबद्ध रहेको र नेपालको आर्थिक विकासमा चीनले गरिरहेको सहयोगका लागि आभार प्रकट गर्नु भएको थियो ।

त्यस अवसरमा चीनका विदेश मन्त्री वाङ यीले नेपाललाई थप २० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । परराष्ट्र मन्त्री खड्काले कोभिड–१९ विरुद्धको लडाइँमा चीनले नेपाललाई गरेको सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो ।

चिनीयाँ विदेश मन्त्री वाङ यी ले परराष्ट्र मन्त्री डा खड्कालाई चीन भ्रमणका लागि आमन्त्रण समेत गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।