१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता, चीनले २० लाख डोज खोप दिने घोषणा



अ+ अ-

काठमाडौंः परराष्ट्र मन्त्री डा.नारायण खड्का र चीनका विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यी बीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

करिब एक घण्टा भएको यस वार्तामा कोभिड–१९ को भ्याक्सिन सहयोग, व्यापार र वाणिज्य, विकास सहयोग तथा सीमा व्यवस्थापनका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालमा संचालित विभिन्न विकास परियोजनाको प्रगति, कोभिडका कारण नेपाल आइपुगेका चीनमा अध्ययनरत विद्यार्थीलाई चीन पठाउने, तातोपानी–झाङ्मु र रसुवागढी–केरुङको सीमानाकाबाट मलखाद र अन्य सामग्रीका कन्टेनरको संख्या वृद्धि गर्ने तथा नेपाल र चीनबीच हवाई उडान पुनः खोल्ने विषयमा छलफल भएको छ ।

साझा चासो र सरोकारका विषयमा दुबै मुलुकले मिलेर कार्य गर्न सहमति जनाएको बताउँदै परराष्ट्र मन्त्रालयले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप मजबूत गर्ने सहमति भएको जनाएको छ ।

परराष्ट्र मन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपाल कटिबद्ध रहेको र नेपालको आर्थिक विकासमा चीनले गरिरहेको सहयोगका लागि आभार प्रकट गर्नु भएको थियो ।

त्यस अवसरमा चीनका विदेश मन्त्री वाङ यीले नेपाललाई थप २० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । परराष्ट्र मन्त्री खड्काले कोभिड–१९ विरुद्धको लडाइँमा चीनले नेपाललाई गरेको सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो ।

चिनीयाँ विदेश मन्त्री वाङ यी ले परराष्ट्र मन्त्री डा खड्कालाई चीन भ्रमणका लागि आमन्त्रण समेत गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।