२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले चियापान नगर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो । 

यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । 

कांग्रेसले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।