१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन, बैंकहरु रनभुल्लमा



अ+ अ-

काठमाडौं । सर्वसाधारण र संस्थागत रुपमा बैंकमा रकम जम्मा गर्नेहरुका लागि आकर्षक ब्याजदर घोषणा गरेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै त्यस्तो ब्याजदर घटाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर लागू गर्न निर्देशन दिएको हो ।

मुद्दती निक्षेपमा १० देखि ११ प्रतिशतको हाराहारीमा ब्याज दिने र यो कात्तिक १ गतेदेखि लागू हुने भन्दै बैंकहरुले विज्ञापन र आफ्ना वेबसाइटमा नयाँ ब्याजदर राखेका थिए । यो ब्याजदर तीन वर्ष यताकै उच्च ब्याजदर हो ।

नयाँ ब्याजदर निकै उच्च भएकाले पनि आम सर्वसाधारणले आफूसँग रहेको रकम बैंकमा राख्ने सम्भावना देखिएको थियो । साथै यसबाट ऋण लगानीको ब्याज बढ्ने भन्दै आलोचना पनि हुन थालेको थियो । यही कारण शेयर बजारमा समेत यसको नकारात्मक असर परेको छ ।  

मंगलबार साझ अपर्झट तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालव्दारा जारी निर्देशनमा संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने भन्दा कम्तिमा एक प्रतिशतले कम हुनुपर्ने उल्लेख छ ।

यसैगरी यो निर्देशन भोलि बुधबार नै कार्यान्वयन गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न बैंकहरुलाई केन्द्रीय बैंकले एक दिने अल्टिमेटम दिएको छ ।

यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ ।