२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन, बैंकहरु रनभुल्लमा



अ+ अ-

काठमाडौं । सर्वसाधारण र संस्थागत रुपमा बैंकमा रकम जम्मा गर्नेहरुका लागि आकर्षक ब्याजदर घोषणा गरेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले तत्कालै त्यस्तो ब्याजदर घटाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर लागू गर्न निर्देशन दिएको हो ।

मुद्दती निक्षेपमा १० देखि ११ प्रतिशतको हाराहारीमा ब्याज दिने र यो कात्तिक १ गतेदेखि लागू हुने भन्दै बैंकहरुले विज्ञापन र आफ्ना वेबसाइटमा नयाँ ब्याजदर राखेका थिए । यो ब्याजदर तीन वर्ष यताकै उच्च ब्याजदर हो ।

नयाँ ब्याजदर निकै उच्च भएकाले पनि आम सर्वसाधारणले आफूसँग रहेको रकम बैंकमा राख्ने सम्भावना देखिएको थियो । साथै यसबाट ऋण लगानीको ब्याज बढ्ने भन्दै आलोचना पनि हुन थालेको थियो । यही कारण शेयर बजारमा समेत यसको नकारात्मक असर परेको छ ।  

मंगलबार साझ अपर्झट तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालव्दारा जारी निर्देशनमा संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने भन्दा कम्तिमा एक प्रतिशतले कम हुनुपर्ने उल्लेख छ ।

यसैगरी यो निर्देशन भोलि बुधबार नै कार्यान्वयन गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न बैंकहरुलाई केन्द्रीय बैंकले एक दिने अल्टिमेटम दिएको छ ।

यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ ।