१५ असार २०८३, सोमबार
,
Latest
पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले कर्णाली पुलका सामान बगायो



अ+ अ-

सुर्खेत । कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो । 

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो । बाढीले क्रेन भने डुबाएको छ । बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो । 

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो । त्यस्तै, अविरलको वर्षाले सुर्खेत–जुम्ला सडक ९कर्णाली राजमार्ग० ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । रासस