१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुलको शानदार जित, ग्रिजम्यानले पाए रातो कार्ड



अ+ अ-

लिभरपुलका प्रभावशाली खेलाडी मोहम्मद सलाहको २ गोल मद्दतले इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३ – २ गाेल अन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिगको यस खेलमा १० खेलाडीमा सीमित एट्लेटिकोका फर्वार्ड एन्टोनी ग्रिजम्यानले रातो कार्ड पाएका थिए । यद्यपी उनले टिमका लागि दुई गोल गरेका थिए ।

एट्लेटिकोको घरेलु मैदानमा भएको यस खेलमा सलाहले आठौं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने १३औं मिनेटमा नेबी केइटाले दोस्रो गोल गरेका थिए । तर ग्रिजम्यानले २०औं र ३४औं मिनेटमा एट्लेटिकोका लागि लगातार गोल गरेका थिए ।

निकै रोमाञ्चकारी यस खेलमा ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३ – २ को जित दिलाए ।

समूह बीमा यससँगै लिभरपुलको लगातार तेस्रो जित हो ।

लिभरपुल तीन खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट  चार अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १ – ० गाेल अन्तरले पराजित गरेको छ ।

पोर्टो चार अंक जोडेर तेस्रो स्थानमा छ भने मिलान अंकविहीन हुँदै पुछारमा छ ।

यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले आरबी लाइपजीगलाई ३ – २ गोल अन्तरले पराजित गरेको थियो ।

समूह सी को खेलमा आयाक्सले बोरुसिया डर्टमन्डलाई ४ – ० गोलको भारी अन्तरले हराएको छ भने समूह डी मा रियल म्याड्डिले शाख्तार डोनेस्कलाई पनि ५ – ० को विशाल अन्तरले पराजित गरेको छ ।  यस समूहको अर्को खेलमा इन्टरले एफसी सेरिफलाई पराजित गरेको छ ।

आजै राति बार्सिलोना र डाइनामो किभबीच तथा एफसी साल्जबर्ग र उल्स्बर्गबीच खेल हुँदैछ ।