१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुलको शानदार जित, ग्रिजम्यानले पाए रातो कार्ड



अ+ अ-

लिभरपुलका प्रभावशाली खेलाडी मोहम्मद सलाहको २ गोल मद्दतले इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३ – २ गाेल अन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिगको यस खेलमा १० खेलाडीमा सीमित एट्लेटिकोका फर्वार्ड एन्टोनी ग्रिजम्यानले रातो कार्ड पाएका थिए । यद्यपी उनले टिमका लागि दुई गोल गरेका थिए ।

एट्लेटिकोको घरेलु मैदानमा भएको यस खेलमा सलाहले आठौं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने १३औं मिनेटमा नेबी केइटाले दोस्रो गोल गरेका थिए । तर ग्रिजम्यानले २०औं र ३४औं मिनेटमा एट्लेटिकोका लागि लगातार गोल गरेका थिए ।

निकै रोमाञ्चकारी यस खेलमा ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३ – २ को जित दिलाए ।

समूह बीमा यससँगै लिभरपुलको लगातार तेस्रो जित हो ।

लिभरपुल तीन खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट  चार अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १ – ० गाेल अन्तरले पराजित गरेको छ ।

पोर्टो चार अंक जोडेर तेस्रो स्थानमा छ भने मिलान अंकविहीन हुँदै पुछारमा छ ।

यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले आरबी लाइपजीगलाई ३ – २ गोल अन्तरले पराजित गरेको थियो ।

समूह सी को खेलमा आयाक्सले बोरुसिया डर्टमन्डलाई ४ – ० गोलको भारी अन्तरले हराएको छ भने समूह डी मा रियल म्याड्डिले शाख्तार डोनेस्कलाई पनि ५ – ० को विशाल अन्तरले पराजित गरेको छ ।  यस समूहको अर्को खेलमा इन्टरले एफसी सेरिफलाई पराजित गरेको छ ।

आजै राति बार्सिलोना र डाइनामो किभबीच तथा एफसी साल्जबर्ग र उल्स्बर्गबीच खेल हुँदैछ ।