लिभरपुलका प्रभावशाली खेलाडी मोहम्मद सलाहको २ गोल मद्दतले इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३ – २ गाेल अन्तरले पराजित गरेको छ ।
च्याम्पियन्स लिगको यस खेलमा १० खेलाडीमा सीमित एट्लेटिकोका फर्वार्ड एन्टोनी ग्रिजम्यानले रातो कार्ड पाएका थिए । यद्यपी उनले टिमका लागि दुई गोल गरेका थिए ।
एट्लेटिकोको घरेलु मैदानमा भएको यस खेलमा सलाहले आठौं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने १३औं मिनेटमा नेबी केइटाले दोस्रो गोल गरेका थिए । तर ग्रिजम्यानले २०औं र ३४औं मिनेटमा एट्लेटिकोका लागि लगातार गोल गरेका थिए ।
निकै रोमाञ्चकारी यस खेलमा ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३ – २ को जित दिलाए ।
समूह बीमा यससँगै लिभरपुलको लगातार तेस्रो जित हो ।
लिभरपुल तीन खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक रहेको एट्लेटिको दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १ – ० गाेल अन्तरले पराजित गरेको छ ।
पोर्टो चार अंक जोडेर तेस्रो स्थानमा छ भने मिलान अंकविहीन हुँदै पुछारमा छ ।
यस्तै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले आरबी लाइपजीगलाई ३ – २ गोल अन्तरले पराजित गरेको थियो ।
समूह सी को खेलमा आयाक्सले बोरुसिया डर्टमन्डलाई ४ – ० गोलको भारी अन्तरले हराएको छ भने समूह डी मा रियल म्याड्डिले शाख्तार डोनेस्कलाई पनि ५ – ० को विशाल अन्तरले पराजित गरेको छ । यस समूहको अर्को खेलमा इन्टरले एफसी सेरिफलाई पराजित गरेको छ ।
आजै राति बार्सिलोना र डाइनामो किभबीच तथा एफसी साल्जबर्ग र उल्स्बर्गबीच खेल हुँदैछ ।