१७ आश्विन २०८१, बिहीबार
,
Latest
बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक



file
अ+ अ-

पाेखराः जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् ।

अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् ।

उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ ।

दसैैँको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका थिए । कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताउनुभयो ।

घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो । आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन् ।

घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।